काठमाडौँ । शून्य प्रतिशत व्याज दरमै सीएफ मोटोको २५० एनके बाइक किन्न पाइने भएको छ । कम्पनीले नयाँ वर्ष २०२५ को अवसर पारेर आफ्नो विशेष वित्तिय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ ।
सो योजनाले ग्राहकहरुलाई शून्य प्रतिशत व्याज दरमै २४ महिने सरल किस्तावन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न सकिने भएको हो । कम्पनीले सिमित अवधिका लागी उक्त योजना पौष १६ गते देखिमाघ १८ गते सम्म लागु हुने जनाएको छ ।
न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्तावन्दी योजनाका सीएफ मोटोको २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाई छ । साथै, सो योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गरेको छ । कम्पनीको भनाई अनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत शून्य प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ ।
बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत वाहिरी जिल्लाका ग्यारेजवालाहरुलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका वाईकहरुको तालिम सीएफ मोटो चाइनका प्राविधिकहरु मार्फत सञ्चालन गरेको थियो ।
यस्तै, कम्पनीले २५० एनके बाइक नयाँ नगदमा खरीद गर्ने ग्राहकहरु २५ हजार रुपैयाँ छुट र एक्सचेन्जमा ३० हजार रुपैयाँसम्म थप मूल्यांकनको साथै फ्रि गिफ्ट, हेल्मेट, १ वर्षको लागी पार्टस खरीदमा १० प्रतिशत छुट समेत दिएको छ ।

