२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • मन्त्रिपरिषद्का २० निर्णयः गाउँपालिकाको केन्द्र परिवर्तनदेखि...

मन्त्रिपरिषद्का २० निर्णयः गाउँपालिकाको केन्द्र परिवर्तनदेखि आवश्यक सेवामा हड्ताल गर्न निषेधसम्म

मन्त्रिपरिषद्का २० निर्णयः गाउँपालिकाको केन्द्र परिवर्तनदेखि आवश्यक सेवामा हड्ताल गर्न निषेधसम्म

बुधवार, पौष १७ २०८१०५:२६
बुधवार, पौष १७ २०८१०५:२६
  • images

    काठमाडौँ । सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र परिवर्तनको स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ बयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारी कायम गर्नेगरी स्वीकृति दिएको हो । 

    बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले सो कुरा बताएका हुन् ।

    यस्ता छन् मन्त्रीपरिषद् बैठकका २० निर्णयः

    १.महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

    २.प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने ।

    ३.प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्वन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने ।

    ४.फिलिपिन्समा आयोजना हुने ँबअभ तय ँबअभ ःभभतष्लन मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    ५.पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (एएए) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने ।

    ६.विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्री छत्र बहादुर कटुवाल, बाजुरालाई नियुक्त गर्ने ।

    ७.आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

    ८.नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरूवा गर्ने ।

    ९.नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ६ को १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने।

    १०.जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिने ।

    ११.हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाईको सडक निर्माण र चुवा खोलामा वेली वृज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।

    १२.राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा श्री ध्रुव आचार्य, रुपन्देहीलाई नियुक्त गर्ने ।

    १३.अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माणको लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

    १४.कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ बयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारी कायम गर्ने।

    १५.खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने ।

    १६. निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।

    १७.राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।

    १८. विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने ।

    १९ .ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने ।

    २०. वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend