काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी माग गरेको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगर प्रहरी निरीक्षकदेखि जवानसम्म २६ जना माग गरेको हो ।
सूचना प्रकाशन भएको दिनले १५ दिनभित्र योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । जसमा प्रहरी निरीक्षक, नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी सहायक निरीक्षक महिला गरी १/१ जना, खुला तर्फ १३ जना नगर प्रहरी जवान, ३ जना महिला जवान, ३ जना आदिवासी, मधेशी तर्फ २ जना, दलित १ जना र नगर प्रहरी हलुका सवारी साधन चलकका लागि १ जना माग गरेको छ ।
इच्कुछ आवेदकले तोकिएको कागजपत्र अनुसार निवेदन भरेर पालिकाको कार्यालयमा पेश गर्न सक्नेछन् ।

