२०८३, आश्विन २१ गते

images

नयाँ वैचारिक मार्गदर्शन तयार गर्न एक भए दलित अभियन्ताः वैशाखमा गोलमेच सम्मेलन

नयाँ वैचारिक मार्गदर्शन तयार गर्न एक भए दलित अभियन्ताः वैशाखमा गोलमेच सम्मेलन

आइतवार, पौष २१ २०८११०:५३
आइतवार, पौष २१ २०८११०:५३
  • images

    काठमाडौं । नयाँ वैचारिक मार्गदर्शन तयार गर्न दलित अभियन्ताहरु एक भएका छन् ।  देशभर छरिएर रहेका दलित समुदायका अभियन्ताहरूको गोलमेच बैठकले आगामी वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय समेत गरेको छ । बैठकले सामाजिक न्याय अभियानका संयोजक तथा पूर्व राजदूत डा. निर्मल विश्वकर्माको नेतृत्वमा १०१ सदस्यीय गोलमेच सम्मेलन मूल आयोजक समिति गठन गरेको छ ।

    समितिमा विभिन्न दलित अभियन्ताहरू सहभागी छन् । कास्टवाच नेटवर्कका संयोजक डा. मित्र परियार, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, दलित जागरण अभियानका संयोजक राजेश मयाल अग्नि शिखा, छुवाछुत विरुद्ध राष्ट्रिय अभियानका संयोजक कर्ण विश्वकर्मा, भीम आर्मी नेपालका संयोजक सुनिल राम, युवा अभियानकी सङ्गीता कुमारी राम, र दलित मुक्ति अभियानका संयोजक कृष्ण विश्वकर्मा लगायत सदस्यहरू छन् ।

    बैठकमा संयोजक डा.विश्वकर्माले सबै दलित अभियन्ताहरुलाई एकै ठाउँमा जोड्नका लागि सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले संविधान संशोधनको क्रममा रहेको र दलित समुदायलाई पाखा पार्न सक्ने भन्दै यसमा संयुक्त मोर्चाले दबाब दिने समेत बताए । अबका दिनमा सबै दलित अभियन्ताहरु एक भएर सरकारलाई खबरदारी गर्न आवश्यक रहेको उनले बताए ।

    कार्यक्रममा डा.मित्र परियारले महिला हिंसा, शैक्षिक, आर्थिक, सामाजिक क्षेत्रमा पछि पर्नुको मूल कारण नै छुवाछुत रहेको बताए । विचार तथा दर्शन बिनाको आन्दोलन सफल नहुने उनको तर्क थियो ।

    कार्यक्रममा दलित अभियन्ता खगेन्द्र सुनारले दलितहरु अबका दिनमा शक्ति निर्माणमा लाग्नुपर्ने बताए । उनले सबै एक भएर दलितका मुद्दालाई लिएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

    दलित अभियन्ता अग्नी शिखाले अबका दिनमा ६०÷७० लाख दलितहरु आफ्नो मुद्दालाई लिएर एक ठाउँमा उभिनुपर्ने बताए । उनले संविधानमा दलितका मुद्दाहरु उठान गरिएपनि लागू हुन नसकेको बताए । संविधान संशोधनमा दलितका मुद्दाहरुलाई संयुक्त रुपमा उठान गर्न आवश्यक उनको भनाइ छ ।

    कार्यक्रममा दलित अभियन्ताहरुले दलितका मुद्दामा राजनीतिक गर्न नहुने भन्दै सबै एक ठाउँमा आवद्ध भएर आफ्नो मुद्दालाई उठान गर्नुपर्नेमा जोड दिएका थिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend