२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • चढ्न नपाएपछि गाँउपालिका उपाध्यक्षले तोडिन अध्यक्षको...

चढ्न नपाएपछि गाँउपालिका उपाध्यक्षले तोडिन अध्यक्षको गाडी

चढ्न नपाएपछि गाँउपालिका उपाध्यक्षले तोडिन अध्यक्षको गाडी

आइतवार, पौष २१ २०८१०५:५९
आइतवार, पौष २१ २०८१०५:५९
  • images

    काठमाडौँ । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् । 

    कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।  

    उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई  इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए ।   

    उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् ।  अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए ।  

    आज पनि उपाध्यक्षले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको बताइएको छ ।  

    गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले भने उपाध्यक्षले ९ बजे नै गाडी बोलाएको र चालक जान ढिला हुँदा गाडी रोकिएकै ठाउँमा आएर तोडफोड गरेको बताए ।   उपाध्यक्षलाई सुविधा दिँदै आएपनि बखेडा मात्रै झिक्ने काम भएको उनको भनाइ छ ।  तर, आफूले उनलाई गाडी दिन आनाकानी गरेको विषय साँचो नभएको उनको दाबी छ । 

    यस विषयमा उपाध्यक्ष सिंहसँग थप बुझ्न सम्पर्क गर्दा उनको मोबाइल नम्बर भने स्वीच अफ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend