२०८३, आश्विन २१ गते

images
  • अटो
  • बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन गन्तव्यको...

बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन गन्तव्यको कति पुग्यो ?

बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन गन्तव्यको कति पुग्यो ?

सोमवार, पौष २२ २०८१०५:२४
सोमवार, पौष २२ २०८१०५:२४
  • images

    काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि भएको जनाएको हो ।

    सूचना अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

    २०७८ सााm असार २७ गत भौतिक पूर्वाधार तथा यातायात मन् त्रालयको सहमतिमा २०७८ असार २९ मा भाडादर समायोजन भएकोमा त्यसपश्चात विभागले विभिन्न मितिमा इन्धनमा भएको ५ प्रतिशत मूल्य घटी बढी हुँदा भाडादर समायोजन गरिदँै आएको थियो । विभागले झन्डै डेढ वर्षपछि पुनः भाडादर समायोजन गरेको हो ।

    यसअघि २०८० को साउन ३१ गते भाडादर समायोजन भएपछि रोकिएको थियो । रोकिएको झन्डै डेढ वर्षपछि विभागले पुनः भाडादर समायोजन गर्न थालेको हो । 

    नेपाल आयल निगमले इन्डीयन अयाल कर्पाेरेशनले उपलब्ध गराएको मूल्य सूचीका आधारमा नेपालमा महिनामा २ पटक मूल्य समायोजन गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend