२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सोलुखुम्बु प्रशासनले भन्योः हेलिकोप्टर उडानमा अवरोध...

सोलुखुम्बु प्रशासनले भन्योः हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कारवाही गछौँँ

सोलुखुम्बु प्रशासनले भन्योः हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कारवाही गछौँँ

सोमवार, पौष २२ २०८१०५:४७
सोमवार, पौष २२ २०८१०५:४७
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले हेलिकोप्टर उडानमा बाधा अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    आइतबारदेखि वायुसेवा सञ्चालकले उक्त क्षेत्रमा उडान नगर्ने घोषणा गरेसँगै जिल्ला प्रशासनले कारवाहीको चेतावनी दिएको हो । प्रमुख जिल्ला अधिकारी अनुजप्रसाद घिमिरेले सोमबार सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएका हुन्। 

    ‘नियमअनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धन लगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ।

    सोलुखुम्बुका विभिन्न स्थानमा रहेका हेलिप्याडमा अनाधिकृत व्यक्तिहरूले हेलिकोप्टर उडानमा अवरोध पुर्‍याएको भनी विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले कारबाही गर्ने चेतावनी दिएका हुन्।

    सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेपछि व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाइएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र सरोकारवाला संस्थाले व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाउने निर्णय गरेका थिए।

    वायु सेवा सञ्चालक संघ, नेपालले सुरक्षामा प्रश्न उब्जिएको भन्दै सगरमाथा क्षेत्रमा पुस २१ गतेदेखि हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेको छ।

    खुम्बुका हेलिप्याडमा स्थानीयले गाडे झन्डा, रोकियो उडान खुम्बुका हेलिप्याडमा स्थानीयले गाडे झन्डा, रोकियो उडान

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend