काठमाडौँ । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चीनको तीब्बत केन्द्रबिन्दु भएर ७।० म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।
यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकी ।
चीनमा गएको भूकम्पले काठमाडौं उपत्यकामा अध्यधिक ठूलो धक्का महसुस भएको हो। भूकम्पको धक्का महसुस भएसँगै उपत्यकामा सुतिरहेका स्थानीय घरबाहिर सडकमा निस्किएका छन्।

