काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने निर्णय फिर्ता लिएको छ। कार्यालयले सबै हेलिकोप्टर कम्पनीलाई पत्र लेख्दै उक्त सो क्षेत्रभित्र हेलिकोप्टर चलाउन अनुरोध हो। उक्त पत्रको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ।
सोमबार कार्यालयले पठाएको पत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल, तालतलैया, तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृष्यावलोन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्दार गर्न, विकास निर्माणका सामाग्री, खाद्य सामाग्री तथा अन्य सामग्री ढुवानी गर्न लगायत कार्यका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकोप्टर कम्पनीहरूलाई निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजश्व बुझाई प्रचलित कानुन अनुसार सुरक्षित तवरले हेलिकोप्टर उडान, अवतरण, ओभरिङ गर्न गराउन अनुरोध गरिएको छ।

