२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारी ठगी प्रकरणः रविलाई ६५ लाख,...

सहकारी ठगी प्रकरणः रविलाई ६५ लाख, छविसँग ८८ लाख धरौटी माग

सहकारी ठगी प्रकरणः रविलाई ६५ लाख, छविसँग ८८ लाख धरौटी माग

बिहिवार, पौष २५ २०८१०६:०८
बिहिवार, पौष २५ २०८१०६:०८
  • images

    काठमाडौँ । कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ।

    न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो।

    जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्। सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ।

    छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो। यस्तै, सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

    करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको हो।

    छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरु दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend