२०८३, आश्विन २१ गते

images

काठमाडौं–हङकङ उडानमा खानाका कारण यात्रु बिरामी, क्याथेले माग्यो माफी

काठमाडौं–हङकङ उडानमा खानाका कारण यात्रु बिरामी, क्याथेले माग्यो माफी

शुक्रवार, पौष २६ २०८१०३:४६
शुक्रवार, पौष २६ २०८१०३:४६
  • images

    काठमाडौं । काठमाडौंबाट उडान सीएक्स६४०मार्फत हङकङ आइपुगेका यात्रुहरूमा लगातार दुई दिनसम्म खाना विषाक्तता (फुड पोइजनिङ) को लक्षण देखिएपछि क्याथे प्यासिफिक एयरवेजले माफी मागेको छ।

    क्याथेले दुवै उडानका प्रभावित यात्रुहरूसँग माफी मागेको हो। साथै, कम्पनीले स्वास्थ्य अधिकारीहरूको अनुसन्धानमा सहयोग गर्ने वाचा समेत गरेको छ।

    यी उडान नेपालबाट बुधबार र बिहीबार हङकङ आएका हुन्। बुधबारको उडानमा १० यात्रु र बिहीबारको उडानबाट आएका १५ यात्रुले अस्वस्थ्यता महसुस गरेको बताएका थिए। पछिल्लो उडान बिहीबार बिहान ३:२१ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

    प्रहरीका अनुसार यात्रुहरूले अस्वस्थता महसुस गरेपछि अग्नि सेवा विभागले विमानस्थलमा धेरै एम्बुलेन्सहरू पठाएको थियो। जसमार्फत १२ जनालाई उत्तरी लान्ताउ अस्पताल पठाइएको थियो।

    क्याथेका प्रवक्ताले भने खाना प्रदूषणको स्रोत एयरलाइन्सको सञ्चालन बाहिर रहेको देखिएको बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend