२०८३, आश्विन २१ गते

images

न्यायपरिषद् सदस्यमा खड्का सिफारिस

न्यायपरिषद् सदस्यमा खड्का सिफारिस

शनिवार, पौष २७ २०८१०४:२२
शनिवार, पौष २७ २०८१०४:२२
  • images

    काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ। शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको महासचिव अञ्जिता खनालले नेपालखबरलाई बताइन्।

    संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनेछन्। खड्का बूढानीलकण्ठका कांग्रेस नेता पनि हुन्।

    रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १५ बाट सकिएकाले त्यसयता न्यायपरिषद् सदस्यको पद रिक्त थियो। बार नेतृत्वले आफूअनुकूल सदस्य नहुँदा न्यायाधीश नियुक्तिको विरोध गर्दै आएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend