२०८३, आश्विन २१ गते

images

माउन्टेन इनर्जीको साधारण सभाबाट १५ प्रतिशत बोनस प्रस्ताव पारित

माउन्टेन इनर्जीको साधारण सभाबाट १५ प्रतिशत बोनस प्रस्ताव पारित

आइतवार, पौष २८ २०८१०३:०९
आइतवार, पौष २८ २०८१०३:०९
  • images

    काठमाडौं । माउन्टेन इनर्जी नेपालको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार साधारण सभा सम्पन्न भएको हो।

    कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साथै साधारण सभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। 

    १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीको साधारण सभाले पारित गरेको छ। कम्पनीले ६५ मेगावाटको  दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि  हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

    साधारण सभाले  संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू पारित गरेको छ। साधारण सभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ  ।

    सभाबाट  कम्पनीको प्रबन्ध पत्र र  नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।  कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend