२०८३, आश्विन २१ गते

images
  • प्रमुख समाचार
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई रास्वपाले...

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई रास्वपाले कारवाही गर्ने

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई रास्वपाले कारवाही गर्ने

बुधवार, माघ २ २०८१०५:५०
बुधवार, माघ २ २०८१०५:५०
  • images

    काठमाडौं । अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

    रास्वपा प्रवक्ता (कार्यबाहक) मनिष झाले बुधबार धारणा सार्वजनिक गर्दै यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नरहेको जनाएका छन् ।

    ‘आज काठमाडौं जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीज्यूमाथि हातपात भएको घटनाबारे जानकारी पायौं । पक्कै पनि यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य छैन । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ ।’

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरे पनि नाम सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend