२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • तपाइँ चढ्ने सवारीको अवस्था कस्तो छ,...

तपाइँ चढ्ने सवारीको अवस्था कस्तो छ, काठमाडौँ महानगरको चेकिङमा पर्नुहोला

तपाइँ चढ्ने सवारीको अवस्था कस्तो छ, काठमाडौँ महानगरको चेकिङमा पर्नुहोला

शुक्रवार, माघ ४ २०८१११:२७
शुक्रवार, माघ ४ २०८१११:२७
  • images

    काठमाडौँ । के तपाईको सवारी साधन को अवस्था ठिक छ, प्रदुषणको मात्रा धेरै छ । अवस्था ठिक छैन  भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला ।

    काठमाडौँ महानगर पालिकाले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच नियमित गर्न थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत महानगरले नियमित चेकजाँच गर्ने गरेको बताएका हुन् । उनले सवारी साधनमा प्रदुषणको मात्रा धेरै भए मर्मत गर्न आग्रह गरेका छन् ।

    महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।

    मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । 

    bus.jpg

    तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । 

    सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । 

    जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend