२०८३, आश्विन २१ गते

images

मेयर साम्पाङ सिंहदरबारमा, प्रहरीले खोस्यो रित्तो गाग्री

मेयर साम्पाङ सिंहदरबारमा, प्रहरीले खोस्यो रित्तो गाग्री

मंगलवार, माघ ८ २०८११२:५३
मंगलवार, माघ ८ २०८११२:५३
  • images

    काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन्।

    धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन्। 

    उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए। उनको गाग्री भने प्रहरीले खोसेको छ। मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन्। 

    उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend