काठमाडौँ । असोजमा परेको वर्षाले बिगारेको टाहाखेल टिकाभैरव सडकखण्ड मर्मतको काम बल्ल सुरु हुन लागेको छ । गोदावरी नगरपालिकाले उक्त सडकखण्ड बन्द गरेर मर्मतकोकाम सुरु गर्न लागेको हो ।
टाहाखेल टिकाभैरव सडकखण्ड दुई दिन बन्द हुने भएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीका कारण बिग्रीएको उक्त सडकखण्ड बल्ल मर्मतको काम सुरु हुन लागेको हो ।
गोदावरी नगरपालिकाले एक सूचना जारी गर्दै माघ ११ र १२ गते रातको समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द गरेर मर्मतको काम सुरु हुन लागेको जनाएको हो ।
सूचना अनुसार ११ र १२ गते रातको ६ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरी पहिरो पन्छाउने कार्यक्तम रहेको छ । नगरपालिकाले दुई दिन रातको समयमा उक्त सडकखण्ड बन्द हुँदा बैकल्पिक बाटोको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

