काठमाडौँ । चितवन महोत्सवमा स्काइवेलका ५ युनिट गाडी बिक्री भएको छ । स्काइवेल गाडीका लागि नेपालको आधिकारिक वितरक जिमोटर्सले उक्त गाडी बिक्री गर्दै उत्कृष्ट अटो स्टलको रूपमा पुरस्कृत भएको छ । चितवनमा जारी १५ औँ महोत्सवमा सो कम्पनीको स्टल उत्कृष्ट भएको हो ।
आयोजकले जिमोटर्सका प्रतिनिधिलाई बेस्ट अटो प्रदर्शकको कदर पत्र दिएको थियो । जिमोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले सो महोत्सवमा स्काइवेलका पाँच वटा गाडी विक्री भएको जानकारी समेत दिए ।
महोत्सवमा कम्पनीले स्काईवेल ईटी ५ र बीई ११ मोडलमा विशेष अफर राखेको थियो । सो इभी लामो रेन्ज भएको इलेक्ट्रिक एसयूभी प्रीमियम र लक्जरी मोडलहरूमा रहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि ५, बीई ११ जी मोटर्सबाट चितवन महोत्सवमा बुकिङ भई यही महोत्सवबाट डेलिभरी समेत भएको छ ।
चितवन महोत्सव २०८१ मा जी मोटर्स प्रा.ली स्काईवेलका विद्युतीय सवारीको आधिकारिक वितरकले व्यापार मेलाबाट स्काईवेलको १.१५ करोड माथिको नेपाल कै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रिमियम इभी ईटी ५ का ५ युनिट डेलिभरी भएको हो ।
सबै बुकिङ लाईजि मोटर्स प्रालिका बिजनेस हेड युग प्रसाद रिमालले गर्दै स्काईवेलको प्रिमियम ईभी डेलिभरी समेत गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि ५–६२० किमी प्रिमियम विद्युतीय एस यु भी बिक्री–वितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एस यु भी बिक्रीका लागी उपलब्ध रहेका छन् ।

