काठमाडौँ । सरकारले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा लाग्ने सेवाशुल्कमा भारी मात्रामा छुट दिएको छ ।
पछिल्लो समय उक्त दुई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसकेको भन्दै आलोचना भैरहदा सरकारले सेवाशुल्कमा छुट दिएको हो ।
विमानस्थल सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानलाई फोकस गर्दै ३ हजार रुपैयाँसम्म छुट दिएको हो ।
उक्त छुटसँगै अब यी विमानस्थलबाट हुने उडानमा प्रतिटिकट कम्तीमा ३ हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ ।
यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

