२०८३, आश्विन २१ गते

images

मेयर हर्कको अख्तियारलाई जवाफ– एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है

मेयर हर्कको अख्तियारलाई जवाफ– एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है

शुक्रवार, माघ ११ २०८१०३:१०
शुक्रवार, माघ ११ २०८१०३:१०
  • images

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई स्पष्टीकरण सोध्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मौलिक पारामा जवाफी पत्र लेखेका छन्।

    शुक्रबार (आज) अख्तियारलाई जवाफी पत्र लेख्दै मेयर साम्पाङले श्रमदान अभियानको खेदो नखन्न भनेका छन्। बरु उनले एनसेल, वाइडबडीतिर लाग्न सुझाव दिएका छन्। 'एनसेल, वाइडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला,' उनले भनेका छन्।

    अगाडि उनले भनेका छन्, 'बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउनु परो, भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुट्‌नु परो, त्यसको लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन धुनैपरो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भूएन, धुनैपरो। लुगा धुन पनि पानी नभइ नहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्ल्यूएचओ, नुहाउनलाई नि पानी चाहियो। यसो... करेसाबासी र बगैँचातिर पनि पानी चाहिने नै भयो। फेरि सुँगुर, कुखुरालगायतका चौपायालाई पनि पानी नखुवाइ नहुने,' उनले पत्रमा भनेका छन्।

    harka.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend