काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त गर्ने अभियानमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रदेश सरकारले बालविवाहमुक्त गर्नेखालका नीति तथा कार्यक्रमहरु तय गरे पनि सबैपक्षको सहकार्यविना कार्यन्वयनमा समस्या हुन सक्ने बताउँदै उनले यस्तो अभियानमा आम नागरिकको साथ सहयोग महत्वपूर्ण हुने बताए । उनले गण्डकी प्रदेश सरकारको तर्फबाट बालविवाह मुक्त बनाउने प्रतिज्ञापत्रमा हस्ताक्षर पनि गरे ।
२०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गर्न गत पुस १६ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर अभियानको शुभारम्भ गरेका थिए । बालविवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालले देशभर यो अभियान संचालन गरिरहेको छ ।

