२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • ललितपुर महानगरले सुरु गर्‍यो ‘साप्ताहिक ट्राफिक...

ललितपुर महानगरले सुरु गर्‍यो ‘साप्ताहिक ट्राफिक सचेतना’

ललितपुर महानगरले सुरु गर्‍यो ‘साप्ताहिक ट्राफिक सचेतना’

आइतवार, माघ १३ २०८११२:३३
आइतवार, माघ १३ २०८११२:३३
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिकाले ‘साप्ताहिक ट्राफिक सचेतना’ कार्यक्रम शुरू गरेको छ । आइतबार महानगरपालिकाले जावलाखेलमा एक कार्यक्रम गर्दै ‘साप्ताहिक ट्राफिक सचेतना’ शुरू गरेको हो ।

    एक सातासम्म सञ्चालन हुने यो कार्यक्रमले महानगरपालिकालाई स्मार्ट बनाउन लागि ठूलो भूमिका निर्वाह गर्ने जनाइएको छ । 

    साताभर ३० जना नगर प्रहरी र १०० जना विद्यार्थी हरेक दिन यस अभियानमा संलग्न हुने जनाइएको छ । यस अवधिमा ५० हजार पम्प्लेटहरू वितरण गर्ने लक्ष्य छ ।

    प्याब्सन, ललितपुर महानगरपालिका, प्रहरी परिसर जावलाखेल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा महानगरपालिकाले यस कार्यक्रमको आयोजना गरेको हो ।

    ललितपुरलाई एकैपटक भन्दापनि यस्ता स–साना कामहरूबाटै स्मार्ट सिटी बनाउन सकिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

    ‘एकैचोटी स्मार्ट सिटी  बनाउन सकिँदैन । विस्तारै हुँदै जाने हो । यो अभियान साताभर भनेपनि निरन्तर चलिरहन्छ’, प्रमुख महर्जनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend