काठमाडौँ । तामाङ समुदायको पर्व एवम् नयाँ वर्ष सोनाम ल्होछार २८६० औं डुल ल्हो (सर्प वर्ष) मनाउँन स्थानीय तहले ५ दिन सार्वजनिक बिदा दिएको छ ।
ललितपुर जिल्ला अन्तरगत पर्ने कोन्ज्योसोम गाउँपालिकामा सोनाम ल्होछार मनाउन पाँच दिन सार्वजनिक बिदा दिएको हो ।पालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै माघ १३ गतेदेखि १७ गतेसम्म विदा दिएको हो ।
गाउँपालिका अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचना अनुसार ल्होछारको अवसरमा गाउँपालिका कार्यालय, अन्तर्गतका कार्यालय, विद्यालय, संघसंस्थामा समेत सार्वजनिक विदा दिने र वडास्तरमा ल्होसार कार्यक्रम संचालन गरिने उल्लेख छ ।

