२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • बजार अनुगमनमा शिवसताक्षी नगरपालिकाः ४४ किलो...

बजार अनुगमनमा शिवसताक्षी नगरपालिकाः ४४ किलो रसायन भएको माछा नष्ट

बजार अनुगमनमा शिवसताक्षी नगरपालिकाः ४४ किलो रसायन भएको माछा नष्ट

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०७:४९
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०७:४९
  • images

    काठमाडौँ । शिवसताक्षी नगरपालिकाले  बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । 

    शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताईन । भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

    स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्रमुख कार्कीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, राजस्व शाखा प्रमुख विमल बाँस्कोटा, नेपाल प्रहरी र नगरप्रहरीलगायतको टोलीले सो स्थानमा पुगेर माछा जफत गरेको थियो ।

    शिवगञ्ज बजारको माछा पसल अनुगमन गर्दा तीन  पसलमा फर्मालिन रसायन प्रयोग भएका माछा बिक्री वितरण भइरहेको पाइएको उपप्रमुख कार्कीले बताईन ।

    स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सरजस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराउँदा गराउँदै बेचबिखन गरेको पाइएको हुँदा नगरपालिका कारबाहीमा उत्रिन बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत तुम्वाहाम्फेले बताईन ।

    शिवगञ्ज बजारको भुटन चौधरीको पसलबाट २० केजी, उपेन्द्र सहनीको पसलबाट दुई केजी र दीपक साहको पसलबाट २२ केजी माछा जफत गरिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend