काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।
बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसद्मा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ ।
सत्तापक्षमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।

