२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सोनाम ल्होसारः स्थानीय तहले दिए कतै...

सोनाम ल्होसारः स्थानीय तहले दिए कतै ५ दिन कतै ३ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारः स्थानीय तहले दिए कतै ५ दिन कतै ३ दिन सार्वजनिक बिदा

सोमवार, माघ १४ २०८१११:४०
सोमवार, माघ १४ २०८१११:४०
  • images

    काठमाडौँ । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा भन्दै स्थानीय तहले दिने सार्वजनिक बिदामा होडबाजी नै चल्न थालेको छ । 

    यही माघ १७ गते पर्न गएको सोनाम ल्होसारका लागि भन्दै स्थानीय तहले ५ दिनसम्म सार्वजनिक बिदाको घोषणा गरेका छन् । सरकारले १७ गते सार्वजनिक बिदा घोषणा गरिसकेको अवस्थामा स्थानीयय तहले समेत सूचना प्रकाशन गर्दै बिदाको घोषणा गरेका हुन् । 

    ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकाले त आइतबारदेखि नै ल्होसारको बिदा घोषणा गरिसकेको छ । ल्होसार आउन ४ दिन बाँकी हुँदै पालिकाले उक्र बिदाको घोषणा गरेको हो । 

    कोन्योसोम सँगै मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा तीन दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । 

    गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वका अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

    अध्यक्ष मल्लले मञ्जुश्री संवत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेका छन् । यो पर्वका अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण र बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा दिइएको उनले बताए ।

    suchana.jpg

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend