२०८३, आश्विन २१ गते

images

क्यानडा र जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

क्यानडा र जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

सोमवार, माघ १४ २०८१०१:१६
सोमवार, माघ १४ २०८१०१:१६
  • images

    काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका-३ घर भएका काठमाडौँ महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भएका काठमाडौँ महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रुपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

    उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उक्त उजुरीको आधारमा प्रहरीले शारदालाई काठमाडौँ टेकुबाट आइतबार र रविनलाई काठमाडौँ कालो पुलबाट शुक्रबार पक्राउ गरेको हो ।

    शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend