२०८३, आश्विन २० गते

images
  • समाचार
  • सुनचाँदी धितो लिलाम बिक्री गर्दै नेपाल...

सुनचाँदी धितो लिलाम बिक्री गर्दै नेपाल बैंक, ऋणीलाई दियो १५ दिनको समय

सुनचाँदी धितो लिलाम बिक्री गर्दै नेपाल बैंक, ऋणीलाई दियो १५ दिनको समय

सोमवार, माघ १४ २०८१०१:२५
सोमवार, माघ १४ २०८१०१:२५
  • images

    काठमाडौँ । नेपाल बैंक लिमिटेडले समयमै कर्जा नतिर्ने ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्ने भएको छ। बैंकको कर्जा असुली विभागले सोमबार एक सूचना निकाल्दै २१ ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिनको समय दिएको हो। 

    यसअनुसार यही २८ गतेभित्र ऋणीले कर्जा तिर्नुपर्नेछ। सो अवधिमा कर्जा भुक्ता नगरे म्याद समाप्त भएको मितिले भोलिपल्ट (सो दिन बैंक विदा परेमा त्यसलगत्तै कार्यालय खुलेको दिन) देखि नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार धितो लिलाम बिक्री गरिने बैंकले जनाएको छ। 

    धितो किन्न इच्छुकले आफूले सकार गर्न चाहेको मूल्य बोलकबोल गर्नुपर्नेछ। डाँक बढाबढमा बढी मूल्य कबोल गर्नेले कबोल अंकको १० प्रतिशत रकम धरौटीस्वरुप तुरुन्त राख्नुपर्ने र कबोल भएको रकममा बैंकले लिलाम बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ। अन्यथा धरौटी जफत हुने बैंकले जनाएको छ। 

    nepal bank notice.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend