२०८३, आश्विन २२ गते

images

पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक होः गृहमन्त्री

पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक होः गृहमन्त्री

सोमवार, माघ १४ २०८१०४:०८
सोमवार, माघ १४ २०८१०४:०८
  • images

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताएका हुन् ।

    ‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ,’ मन्त्री लेखकले भने, ‘स्वतन्त्र, व्यवसायिक, निश्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।’

    उनले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निश्पक्ष रुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभुत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाए ।

    पत्रकारिता पनि मर्यादित, व्यवस्थीत र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । ‘कपोकल्पित समाचारहरु सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरु सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधीबाट आफू र सञ्चारगृह जोगाउन तपाईहरुलाई आग्रह गर्दछु,’ मन्त्री लेखकले भन्नुभयो, ‘त्यस्ता गतिविधी बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।’

    त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिन् । साथै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष्य ध्यानार्षण पत्र समेत बुझाएकी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend