२०८३, आश्विन २२ गते

images

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ

मंगलवार, माघ १५ २०८१०१:३८
मंगलवार, माघ १५ २०८१०१:३८
  • images

    काठमाडौं । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई धम्की दिएको आरोपमा प्रहरीले ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको छ। उनी ताप्लेजुङका पहिचानवादी मोर्चाका जिल्ला संयोजक हुन् । उनलाई त्यहाँ नानी उपनामले पनि चिनिन्छ ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जानकारी दिए ।

    मादेनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको र त्यही बेला प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिएको डिएसपी रावलले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend