२०८३, आश्विन २१ गते

images
  • अटो
  • सीजी मोटर्सले नेपाल भित्र्यायो जिटुर ब्रान्डको...

सीजी मोटर्सले नेपाल भित्र्यायो जिटुर ब्रान्डको चिनियाँ ईभी

सीजी मोटर्सले नेपाल भित्र्यायो जिटुर ब्रान्डको चिनियाँ ईभी

मंगलवार, माघ १५ २०८१०६:१६
मंगलवार, माघ १५ २०८१०६:१६
  • images

    काठमाडौँ । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोटर्सले चीनको चर्चित जिटुर ब्रान्डलाई नेपालको बजारमा भित्र्याउँदै ठूलो फड्को मारेको छ। जिटुर ब्रान्ड चीनको प्रतिष्ठित चेरी ग्रुपअन्तर्गतको चारपांग्रे सवारी साधन निर्माता हो।

    सीजी मोटर्स प्रालि र जिटुर ब्रान्डबीच भएको सहमतिपत्रअनुसार अब जिटुरका आरएचडी (राइट ह्यान्ड ड्राइभ) सवारी साधनहरु नेपालमा सीजी मोटर्सको आधिकारिक सञ्जालबाट उपलब्ध हुनेछन्।

    सीजी मोटर्सका प्रमुख कार्यकारी तथा निर्देशक हेमन्त अग्रवाल र जिटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन सुबीच काठमाडौंमा हस्ताक्षर भएको छ। यस ऐतिहासिक सहकार्यले नेपालको तीव्र गतिमा विकास भइरहेको विद्युतीय सवारी साधन (ईभी) बजारमा भरपर्दो विकल्प थपिने विश्वास गरिएको छ।

    jetour_cg2_mnyVzYK8ZB.jpg

    हस्ताक्षर कार्यक्रममा जिटुर अटोका उपाध्यक्ष कि चुआनदेङ, हङकङ मेइहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेडका अध्यक्ष हुआमेई झाउलगायत प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो।

    नेपालमा बढ्दो विद्युतीय सवारी साधनको माग र पर्यावरणमैत्री प्रविधिको आवश्यकतालाई ध्यानमा राख्दै सीजी मोटर्सले जिटुर ब्रान्डलाई भित्र्याएको हो। यसले उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिसहितको सवारी साधन अनुभव गर्न सहयोग पुर्‍याउनेछ।

    सीजी मोटर्सले जिटुरका गाडीहरूलाई नेपाली उपभोक्ताहरूको आवश्यकता र रुचिअनुसार सहज र भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ। यस सहकार्यले नेपालको सवारी साधन बजारमा ठूलो योगदान पुर्‍याउने र उपभोक्ताहरूलाई नवीनतम प्रविधिमा आधारित गाडीहरूको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend