२०८३, आश्विन २२ गते

images

एचपीभी खोप अभियानः सद्भनावना दूतमा मनीषा कोइराला

एचपीभी खोप अभियानः सद्भनावना दूतमा मनीषा कोइराला

बुधवार, माघ १६ २०८१०४:२१
बुधवार, माघ १६ २०८१०४:२१
  • images

    काठमाडौं ।  सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका निम्ति कलाकार मनीषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ। उनलाई आगामी दुई वर्षका निम्ति सद्भावना दूत तोकिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार घोषणा समारोहबीच दुई पक्षबीच सम्झौता गरिएको हो। सम्झौतापत्रमा कलाकार कोइराला र मन्त्रालयका तर्फबाट स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले हस्ताक्षर गरेका छन्।

    विश्वसनीय चेहराबाट प्रचार गर्दा अभियान सफल हुने विश्वासका साथ कलाकार कोइरालालाई सद्भावना दूत छनोट गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए। सम्झौतापत्रमा हस्ताक्षर गर्दै कलाकार कोइरालाले खोप अभियानमा र दुई वर्षसम्म नै सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend