२०८३, आश्विन २१ गते

images
  • प्रमुख समाचार
  • अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले दिए...

अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले दिए बधाई

अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले दिए बधाई

बिहिवार, माघ १७ २०८१०५:२७
बिहिवार, माघ १७ २०८१०५:२७
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिएका छन्।

    आज आफ्नै निवास खुमलटार बोलाएर प्रचण्डले अध्यक्ष विजय प्रकाश सापकोटासहितको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन्।

    उनीहरूलाई बधाई दिँदै प्रचण्डले आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको बताएका छन्।

    विद्यार्थी आन्दोलनबाट बिदाइ भएका सबै नेताहरूलाई पार्टीका विभिन्न भूमिकामा रहेर क्रियाशील हुन प्रचण्डले आग्रह गरेका छन्।

    शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा र महासचिवमा रोशन थापामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend