काठमाडौं । नेपाली कांग्रेसले पोखरामा ७७ वटै जिल्लाका सभापति र उपसभापतिहरुलाई प्रशिक्षणको कार्यक्रम तय गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिनसम्म जिल्ला सभापतिहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको हो । आगामी माघ २२ र २३ गते पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको छ।
प्रशिक्षण कार्यक्रममा केन्द्रबाट कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने भएका छन् ।
यस्तै, कार्यक्रममा प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् भने स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागीता रहने छ।

