काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा उनले नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, “अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा अचम्म लागिरहेको छ ।” प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू सांसद र दलले अध्यादेशको प्रक्रियाका विषयमा विमति राख्नु नौटङ्की भएको उनको भनाइ छ ।

