२०८३, आश्विन २२ गते

images

क्रिप्टोको कारोबार गरेको आरोपमा ७ जना पक्राउ

क्रिप्टोको कारोबार गरेको आरोपमा ७ जना पक्राउ

शुक्रवार, माघ १८ २०८१०६:०२
शुक्रवार, माघ १८ २०८१०६:०२
  • images

    काठमाडौं । प्रहरीले संगठित रूपमा क्रिप्टो करेन्सीको कारोबार गर्ने र ठगी गर्ने समूहका सात जनालाई पक्राउ गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसमा संलग्न सात जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सुधिरराज शाहीले जानकारी दिए। 

    प्रहरीले एक जना मास्टर एजेन्टलाई पनि पक्राउ गरेको छ। कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरालाई पक्राउ गरेको हो। उनी मास्‍टर एजेन्ट रहेको एसपी शाहीले बताए।

    त्यस्तै, बर्दगोरियाकै २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाईं, बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत घर भई काठमाडौं बस्ने २७ वर्षीय रोशन कुमार र भारतकै ३६ वर्षीय मुन्ना कुमार पक्राउ परेका हुन्।

    उनीहरूले नेपालमा संगठित रूपमै क्रिप्टोको कारोबार र अनलाइन ठगी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ। 

    प्रहरीले उनीहरूबाट दुई वटा सुपर कम्प्युटर, १३ वटा मोबाइल फोन, १९ वटा चेक र साढे ५ लाख नगद बरामद गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend