२०८३, आश्विन २२ गते

images

आईएमई समूहले बागलुङमा बनायो ३० करोड लागतमा इला कम्फर्ट होटल सञ्चालन

आईएमई समूहले बागलुङमा बनायो ३० करोड लागतमा इला कम्फर्ट होटल सञ्चालन

शनिवार, माघ १९ २०८१०६:१४
शनिवार, माघ १९ २०८१०६:१४
  • images

    काठमाडौं । पर्यटन क्षेत्रमा लगानी गरिरहेको आईएमई समूहले बागलुङमा ३० करोड लागतमा इला कम्फर्ट होटल सञ्चालन गरेको छ। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटलको उद्घाटन गरेका हुन्।

    बागलुङ जिल्लालाई पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएको‍ समूहले जनाएको छ। इला कम्फर्टका अध्यक्ष  सचिन ढकालले आईएमई ग्रुपले पर्यटन क्षेत्रमा अबको पर्यटकीय पूर्वधार इला  ब्रान्डमा प्रवर्द्धन हुने बताए।

    ‘सेवा सुविधाहरू पाँचतारे स्तरको भए पनि कोठाहरूको सीमितताले ३ स्टार भन्न सक्छौँ’, अध्यक्ष  ढकालले भने। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले समूहले एक होटल मात्र नभई सम्भावनाको ढोका खोलेको बताएका छन्। उनले व्यवसायीलाई लगानी गर्ने वातावरण बनाई नियमन गर्नुपर्ने बताए। 

    करिब ३ रोपनी क्षेत्रफलमा होटल निर्माण भएको छ। हाल पार्किङ रहेको क्षेत्रमा थप ४० कोठासहितको भवन बनाउन सकिने आईएमई ग्रुपले जनाएको छ।

    आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सातै प्रदेशमा पर्यटकीय पूर्वाधार बनाउनेगरी समूह अघि बढेको बताउँछन्।  

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चुनाव जितेपछि आमाले बागलुङमा कार्यक्रम हुँदा सबै परिवार बस्ने घरको चाहनाअनुसार पर्यटक स्तरको होटल निर्माण गरेको बताए।

    अहिले आमाको घरको रूपमा निर्माण भए पनि आगामी दिनमा यसको क्षमता विस्तार गरिने उनको भनाइ छ। 

    बागलुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठले  एसी भएको कोठा नहुँदा विदेशी पर्यटक पोखरा नै जाने गरेको स्मरण गर्दै अब सभाहलदेखि राम्रो बाससम्म व्यवस्था भएकामा खुसी व्यक्त गरे।

    गण्डकी प्रदेशका मन्त्री कृष्ण पाठकले निजी क्षेत्रले गरेको लगानी सुरक्षा गर्नुपर्ने दायित्व रहेको बताए।

    उनले आईएई ग्रुपका अध्यक्ष चन्द्र ढकालले पाथिभारामा लगानी गर्न अप्ठेरो भए धौलागिरिमै लगानी बढाउन सुझाव दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend