काठमाडौँ । सहकारी ठगी प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार प्रक्राउ गरेको हो ।
उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको रिपोर्ट प्रहरीले बुझाइएको थियो ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले तयार पारेको सहकारीको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको थियो । जसमा उक्त सहकारीको निवर्तमान उपाध्यक्ष थापा पनि संलग्न रहेको खुलेको प्रतिवेदनमा भनिएको थियो ।
प्रतिवेअन अनुसार यो सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको थियो । प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ ।

