काठमाडौँ । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सन के थ्रीको बुकिङ खुलाएको छ।
कम्पनीले आइतबार एक औपचारिक कार्यक्रम गर्दै उक्र गाडीको बुकिङ खुला भएको जनाएको हो । गाडीमा ४५ किलोवाट आवरको ब्याट प्याक दिइएको छ भने ९८ किलोवाटको क्षमताको मोटर जडान गरिएको छ। यो गाडीले ३२५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ।
ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामेरा पनि उपलब्ध छ। कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ।
नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभीले भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ।
कम्पनीले नेक्सन के थ्री को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो।

