२०८३, आश्विन २१ गते

images
  • अटो
  • नाडाको सहयोगमा पोखरामा पहिलो पटक अटो...

नाडाको सहयोगमा पोखरामा पहिलो पटक अटो शो आयोजना हुने

नाडाको सहयोगमा पोखरामा पहिलो पटक अटो शो आयोजना हुने

मंगलवार, माघ २२ २०८१०८:३१
मंगलवार, माघ २२ २०८१०८:३१
  • images

    काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) लाई पोखरामा अटो शो गर्न सहयोग गर्ने भएको छ।

    पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन ९वाडा०का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्नेक्रममा यस्तो बताएको हो।

    नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थिए। सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र त्यसको मोडालिटीका सम्बन्धमा विस्तृतरुपमा छलफल गरिएको थियो।

    उक्त छलफलमा यही २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।

    उक्त भेटघाट तथा छलफल कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने धन्यवाद ज्ञापन नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गरेका थिए। नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक वर्ष राजधानीमा आयोजना गर्दै आएको सन्दर्भमा १६ औँ संस्करणको नाडा अटो शो २०२४ समेत गत भदौमा भृकुटीमण्डपमा सम्पन्न गरेको थियो।

    यसैक्रममा नाडाले अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्नेछ।

    सो कार्यक्रममा नाडाका तर्फबाट निवर्तमान अध्यक्ष ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती, आमन्त्रित सदस्य अनुपकुमार बराल, नविन कुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल र प्रगुन राजभण्डारीसमेतको उपस्थिति रहेको थियो।

    त्यसैगरी सो कार्यक्रममा वाडाकातर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन केसी, महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्यसमिति सदस्य शिवओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेलसमेतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend