२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • किन राख्यो काठमाडौँ महानगरले ३६ स्थानमा...

किन राख्यो काठमाडौँ महानगरले ३६ स्थानमा पेलिकन क्रसिङ

किन राख्यो काठमाडौँ महानगरले ३६ स्थानमा पेलिकन क्रसिङ

बुधवार, माघ २३ २०८१०२:११
बुधवार, माघ २३ २०८१०२:११
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ३६ स्थानमा यात्रुले आफै ‘लाइट’ बालेर बाटो काट्न सक्ने प्रविधि सञ्चालनमा ल्याएको छ । 

    बुधबार बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याएसँगै विभिन्न ३६ स्थानमा उक्त प्रविधि जडान भएको हो । 

    पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।

    उनका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको बताए ।

    सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन् । 

    काठमाडौँ महानगरपालकाले सडक सुधार आयोजनाअन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend