२०८३, आश्विन २१ गते

images

कविलास नगरपालिकामा कर्मचारीले लगाए ताला

कविलास नगरपालिकामा कर्मचारीले लगाए ताला

बुधवार, माघ २३ २०८१०४:५१
बुधवार, माघ २३ २०८१०४:५१
  • images

    काठमाडौँ । सर्लाहीको कविलास नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेका छन् । कर्मचारीहरुले स्तर र तह वृद्धि नगरेको भन्दै बुधबार पालिकामा तालाबन्दी गरेका हुन् ।

    पालिकाले स्तर र तह वृद्धिको लागि ढिलाई गरेको भन्दै कर्मचारीहरू पालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दी गरेका हुन् । 

    पुष महिनामै स्तर र तह वृद्धि गर्नुपर्नेमा माघ सकिनलाग्दासम्म पालिकाले आनाकानी गरेको भन्दै आफूहरू तालाबन्दी गर्नुपरेको कर्मचारीको भनाई छ । 

    पालिकाले स्तर र तहवृद्धिका लागि सूचना प्रकाशित गरेको थियो । सूचनाबमोजिम आफूहरू सम्पूर्ण कागजात पूरा गरी आवेदन समेत दिएको र आजसम्म पालिकाले कुनै सुनुवाई नगरेको कविलासी नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले बताए । 

    पालिकाले स्तरवृद्धिको नाममा आलटाल गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ । 

    समस्या समाधानका लागि आफूले पहल सुरु गरेको नगरप्रमुख ब्रहम्देव यादवले बताए । प्रमुख प्रशासकीय अधिकृत काम विशेषले बाहिर रहेको र आउने बित्तिकै समस्या समाधानका लागि पहल गरिने नगरप्रमुख यादवले बताए । राजनीतिक उक्साहटमा आएर पालिकामा कर्मचारीले तालाबन्दी गरेको यादवको दाबी छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend