२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • भोजपुरे खुकुरी उद्योग संकटमा, दक्ष श्रमिक...

भोजपुरे खुकुरी उद्योग संकटमा, दक्ष श्रमिक र कच्चापदार्थको अभावले बनायो चुनौती

भोजपुरे खुकुरी उद्योग संकटमा, दक्ष श्रमिक र कच्चापदार्थको अभावले बनायो चुनौती

सीएनएन खबर
बिहिवार, माघ २४ २०८१११:१६
सीएनएन खबर
बिहिवार, माघ २४ २०८१११:१६
  • images

    काठमाडौं । भोजपुर जिल्लाको खुकुरी उद्योगले पछिल्लो समय गम्भीर संकटको सामना गरिरहेको छ। यहाँको खुकुरी नेपाल मात्र होइन, विदेशमा पनि निकै प्रसिद्ध छ। तर, दक्ष कालिगड र कच्चा पदार्थको अभावका कारण यो व्यवसाय समस्यामा पर्न थालेको छ।

    choosing-right-kukri-type.jpg

    स्थानीय आरन उद्योगी घनश्याम विश्वकर्माले भने, युवा पलायन र कच्चापदार्थको अभावले खुकुरी बनाउने उद्योगहरूमा गम्भीर समस्या ल्याएको छ। विभिन्न स्थानका खुकुरी उद्योगहरू, जस्तै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम लगायतका स्थानहरूमा खुकुरी बनाइन्छ, तर यी उद्योगहरूको संख्या घट्दै गएको छ।

    राणाकाल र पञ्चायतकालदेखि नै भोजपुरे खुकुरी प्रसिद्ध हुँदै आएको छ। हालको समस्याले उत्पादनमा गिरावट ल्याएको छ। रञ्जिता खुकुरी उद्योगका सञ्चालक दिनेश गजमेरका अनुसार, दक्ष कालिगड र काठको अभावका कारण उत्पादनमा कमी आएको छ।

    उद्योगको इतिहास र वर्तमान स्थिति

    १९६५ सालदेखि भोजपुरमा खुकुरी उत्पादन सुरु भएको हो। २०२७ सालतिर तत्कालीन राजा महेन्द्रले भोजपुर भ्रमण गरेका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उनलाई उपहारस्वरूप खुकुरी प्रदान गरेका थिए। त्यसपछि राजा बक्सिससहित यस खुकुरीको प्रचार बढेको थियो।

    आजकाल, भोजपुरमा बनेका खुकुरीहरू सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुना लगायतका प्रकारमा बनाइन्छ। यहाँका खुकुरीहरू स्थानीय बजारमा ८०० देखि १,८०० रुपैयाँसम्मको मूल्यमा बिक्री हुन्छन्। ग्रामीण क्षेत्रहरूमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गर्छन्।

    भोजपुरे खुकुरीहरू केवल नेपालमा मात्र होइन, धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बाह्य मुलुकहरूमा पनि चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गर्छ।

    स्थानीय व्यवसायीहरूले सरकारसँग खुकुरी उद्योगको संरक्षणका लागि पहल गर्ने आग्रह गरेका छन्। उनीहरूको भनाइ छ कि यदि कच्चा पदार्थ र दक्ष श्रमिकको अभाव यसरी बढ्दै गयो भने यो उद्योगको भविष्य अन्धकार हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend