२०८३, आश्विन २२ गते

images

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

शुक्रवार, माघ २५ २०८११२:३६
शुक्रवार, माघ २५ २०८११२:३६
  • images

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

    यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । स्थानीय तहमा रिक्त रहेका ४४ पदका लागि गत १६ मंसिरमा उपनिर्वाचन भएको थियो ।

    उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तवा अद्यावधिक कार्य सुरु गरिएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend