२०८३, आश्विन २२ गते

images

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस मुख्यालयमा पुगे दलित अधिकारकर्मी

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस मुख्यालयमा पुगे दलित अधिकारकर्मी

शुक्रवार, माघ २५ २०८१०५:०५
शुक्रवार, माघ २५ २०८१०५:०५
  • images

    काठमाडौं । अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र रामको जोडीलाई गृहमन्त्री रमेश लेखककै निर्देशनमा दमन भइरहेको विरोधमा दलित अधिरकार्मीहरू शुक्रबार सानेपास्थित नेपाली कांग्रेसको कार्यालय घेर्न पुगेका छन्।

    दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको दलितका लागि दलित अभियानको संयोजनमा दलित अधिकारकर्मीहरू गृहमन्त्री लेखकको पार्टी कांग्रेसको मुख्यालय घेराउ गर्न पुगेका हुन्।

    दलितका लागि दलित अभियानका संयाेजक सुनार प्रतीकात्मक हतकडी लगाएर कांग्रेस कार्यालय पुगेका थिए। त्यस क्रममा उनले गृहमन्त्री लेखकलाई कारबाही माग गर्दै पार्टी कार्यालयमा चेतावनी पत्र बुझाएका छन्। 

    सुनारले जिल्ला प्रहरी परिसर, काठमाडौँमा गृहमन्त्री लेखकविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको बताएका छन्। यो विषय संसद्‌मा समेत प्रवेश गरिसकेको छ। सांसदहरूले गृहमन्त्री लेखकको जवाफसमेत मागेका थिए। 

    गृहमन्त्रीले भने झारा टार्ने खालको जवाफ मात्र दिएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend