२०८३, आश्विन २२ गते

images

खानेपानी मन्त्रालयमा आगलागी, ३ कोठाका सम्पूर्ण सामान जलेर नष्ट

खानेपानी मन्त्रालयमा आगलागी, ३ कोठाका सम्पूर्ण सामान जलेर नष्ट

शनिवार, माघ २६ २०८१०१:३३
शनिवार, माघ २६ २०८१०१:३३
  • images

    काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान भएको आगलागीका कारण उक्त मन्त्रालयको चौथो तलाका तीनवटा कोठामा क्षति पुगेको छ ।
    सिंहदरबार सुरक्षा गणका प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त नभएको जानकारी दिए ।

    उनका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनाका साथै कागजपत्र जलेर नष्ट भएको छ । चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । आगलागीको कारण मन्त्री प्रदीप यादवको कार्यकक्ष ध्वस्त भएको छ ।

    सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान ८ बजे आगलागी भएको थियो । घटना शंकास्पद भएकाले प्रहरीले मन्त्रालयका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ शुरू गरेको छ।

    आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार बिद्युतको तार जलेकोजस्तो गन्ध आएको बिषयमा आफुले कार्यालय सहयोगीलाई जानकारी गराएको उनले जानकारी दिए ।

    पानी तताउने मेसिन होला भनेर ध्यान नदिंदा आज भने आगलागी भएको उनले बताए । आगलागीबाट दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको उनले बताए। अति आवश्यक डकुमेन्टमा भने कुनै क्षति भएको उनले दाबी गरे ।

    खानेपानी मन्त्रालय पुगेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend