२०८३, आश्विन २१ गते

images

सत्तारुढ दलको उच्च स्तरीय संयन्त्रको बैठक बस्दै

सत्तारुढ दलको उच्च स्तरीय संयन्त्रको बैठक बस्दै

आइतवार, माघ २७ २०८१०१:१०
आइतवार, माघ २७ २०८१०१:१०
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेर बैठक बोलाइएको हो। 

    बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेस–एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै  गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।

    सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै सदन) मा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend