२०८३, आश्विन २२ गते

images

मकवानपुरमा ग्यास बुलेट दुर्घटना

मकवानपुरमा ग्यास बुलेट दुर्घटना

सोमवार, माघ २८ २०८१०१:५६
सोमवार, माघ २८ २०८१०१:५६
  • images

    काठमाडौं । मकवानपुरमा ग्यास बुलेट दुर्घटना भएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गतको भीमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डी मन्दिर नजिकै बुलेट गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    दुर्घटनाका कारण सो सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको समेत प्रहरीले जनाएको छ । आइतबार राति करिब ९ बजेतिर हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट गाडी दुर्घटना भएको हो ।  
    ग्यास बुलेट दुर्घटनामा चालक र सहचालक दुवैजना सकुशल छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend