काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै फागुन १ गते सार्वजनिक बिदा दिएको जनाएको हो ।
‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त युद्धको स्मरण र महान शहिदहरु प्रति उच्च सम्मान गर्दै यही फाुन १ गते सशस्त्र युद्ध दिवसका दिन यस गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाले माघ ८ को निर्णय अनुसार यस गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, अर्ध तथा गैर सरकारी संससंस्था, शिक्षण संस्थाहरु लगायतका सबै निकायहरुमा १ दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ’, पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

