२०८३, आश्विन २२ गते

images

अलैँची,तरकारी र मौरी जोन समितिमा नयाँ नेतृत्व, उत्कृष्ट ६ कृषक सम्मानित

अलैँची,तरकारी र मौरी जोन समितिमा नयाँ नेतृत्व, उत्कृष्ट ६ कृषक सम्मानित

मंगलवार, माघ २९ २०८१११:२०
मंगलवार, माघ २९ २०८१११:२०
  • images

    -जनक श्रेष्ठ-

    लमजुङ । लमजुङमा अलैची जोन समन्वय समिति,तरकारी जोन समन्वय समिति र मौरी जोन समन्वय समितिमा नयाँ नेतृत्व गठन गरिएको छ । लमजुङ बेसीशहरमा सो समितिहरुको एक भेलाले ९-९ सदस्यीय समिति गठन गरेको हो ।  

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङका निमित्त कार्यालय प्रमुख हरीबहादुर मिजारका अनुसार होमबहादुर गुरुङ संयोजन रहने गरी गठन गरिएको अलैँची जोन समन्वय समितिको उपसंयोजकमा होमबहादुर तामाङ,सचिव कामराशी गुरुङ लगायत रहेका छन् ।

    त्यस्तै, तरकारी जोन समन्वय समितिको संयोजकमा विष्णु गुरुङ, उपसंयोजक सविता गुरुङ,सचिव यमबहादुर आले चयन भएका छन् । साथै सदस्यहरुमा यमकुमारी श्रेष्ठ, शारदा पौडेल, सुकबहादुर तामाङ, बोधराज थापा,सुकराम गुरुङ र भगवती कंडेल रहेका छन् ।

    त्यस्तै, मौरी जोन समन्वय समितिको संयोजकमा ध्रुब कुमार दुरा,उपसंयोजक सोनु मगर, सचिवमा बेनबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा प्रेमविनोद विक, सिता आवल,शुभद्रा भुजेल, रघुनाथ गुरुङ, डिलबहादुर  गुरुङ र धनबहादुर  गुरुङ चयन हुनु भएको सो परियोजनाका निमित्त प्रमुख मिजारको भनाइ छ ।

    maurii.JPG
    undefined

    प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन सम्बन्धी कार्यविधि २०७७ मा जोन समन्वय जोन संचालन समन्वय समितिको व्यवस्था गरिएको छ । यसको अवधि दुई-दुई वर्षको रहने छ । परियोजना कार्यान्वयनमा सहजीकरण गर्ने, जोन क्षेत्रमा सुचिकृत भएका कृषकहरुबाट समिति गठन हुने परियोजनाका निमित्त मिजारको भनाई छ । उनेले भने, सो सम्बन्धी कार्यक्रम कार्यान्वयन सहयोग गर्न गठिन गरिएको छ ।

    उनका अनुसार बेँसीसहर नगरपालिका, मस्र्याङ्दी, क्व्हालोसोथर दुधपोखरी र दोर्दी गाउँपालिकामा अलैँची जोन कार्य क्षेत्र रहेको छ ।  त्यस्तै, बेँसीसहर,सुन्दरबजार, राइनास नगरपालिका, दुधपोखरी र दोर्दी गाउँपालिकामा तरकारी जोन क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, सुन्दरबजार,बेँसीसहर,मध्यानेपाल, राइनास नगरपालिका, दोर्दी दुधपोखरी र क्व्होलासोथर गाउँपालिकामा मौरी जोन क्षेत्र रहेको बताइएको छ ।

    सो कार्यक्रमबाट प्रत्येक जोनको बाली बस्तुको व्यवसायिक उत्पादन, बजारीकरण र आधुनिकरणमार्फत कृषि क्षेत्रको  समग्र विकासमा टेवा पु¥याई परियोजनाको गरिमा बढाएको भन्दै सम्बन्धीत जोन क्षेत्रको २-२ जना उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा तरकारी जोनतर्फ राइनास नगरपालिका वडा नं. ८ हर्राबोटस्थित जमुना कृषि तथा पशुपालन फर्मका संचालक जमुना श्रेष्ठ, बेँसीसहर नगरपालिका वडा नं. १० स्थित जे एस ग्रिनहाउस कषि फर्मका संचालक सविता गुरुङ छन् । 

    त्यस्तै, मौरी जोनतर्फ मध्यनेपाल नगरपालिका वडा नं. ८ बेतनीस्थित बेतनी मौरी फर्मका संचालक धनबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका वडा नं. ११ सिन्दुरेस्थित सिन्दुरे मौरी घार उद्योगका संचालक जनक दुरा रहेका छन् ।

    साथै अलैँची जोनतर्फ मस्र्याङ्दी गाउँपालिका वडा नं. ५ घेर्मुस्थित सन्जापु कृषक समुह संस्थाका अध्यक्ष कामराशी गुरुङ र सोही गाउँपालिका वडा नं. ७ छिनखोलास्थित छिनखोला कृषि तथा जडिबुटी फर्मका संचालक अजय तामाङलाई सम्मान गरिएको उक्त परियोजनाका निमित्त मिजारले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend